दफा २१
तर्जुमा सहमति लिनु पर्ने
(१) देहायका प्रत्यायोजित विधायन स्वीकृत गर्नु अघि नेपाल सरकारको मन्त्रालय वा सम्बन्धित निकायले त्यस्तो प्रत्यायोजित विधायनको मस्यौदामा कानून मन्त्रालयबाट तर्जुमा सहमति लिनु पर्नेछ:-
(क) नेपाल सरकारले बनाउनु पर्ने नियम,
(ख) गठन आदेश, र
(ग) प्रचलित कानून बमोजिम; नेपाल सरकार, मन्त्रिपरिषद्ले बनाउनु ८पर्ने निर्देशिका वा कार्यविधि ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि संवैधानिक निकायले आफैं बनाउने वा स्वीकृत गर्ने प्रत्यायोजित विधायनमा कानून मन्त्रालयको सहमति आवश्यक पर्ने छैन।
(३) उपदफा (१) बमोजिम कानून मन्त्रालयबाट तर्जुमा सहमति प्राप्त भएको प्रत्यायोजित विधायनको मस्यौदा दफा २२ बमोजिम स्वीकृतिको लागि:पेस गर्नु पर्नेछ।